गाईलाई राष्ट्रिय जनावरबाट हटाउन सुझाव
वि.सं.२०८३ असार २६ शुक्रवार १२:२५
1.04K
shares
shares

काठमाडौं, २६ असार । नेकपा एमालेका नेता रामबहादुर थापा मगर अध्यक्ष रहेको आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने प्रस्ताव गरेको छ । आयोगले संविधान संशोधनका विषयमा आफ्नो राय दिँदै गाईलाई राष्ट्रिय जनावरबाट हटाउनुपर्ने सुझाव दिएको हो ।
आयोगका अध्यक्ष मगर एमालेका नेता हुन् । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आयोगको अध्यक्ष नियुक्त गरेको थियो । मगर एक पटक माओवादीबाट समानुपातिक सांसदसमेत बनेका थिए भने पछि एमाले प्रवेश गरेका हुन् ।



















