Dhulikhel Eco Banner new

लोहनीले डुब्ने अवस्थामा पुर्याएको समृद्धि पोखरामा गाभियो

1.61K
shares

काठमाडौं, २६ असार । कुनै बेला संकटमा फसेर नयाँ जीवन पाएको समृद्धि फाइनान्स पोखरा फाइनान्ससँग मर्जरमा गएको छ । काठमाडौंमा भव्य समारोहको आयोजना गरी शुक्रबारमात्रै यी दुई संस्थाको एकीकृत कारोबार समेत शुभारम्भ भएको छ ।

समृद्धि फाइनान्सको कार्यकारी नेतृत्व दुई कार्यकालसम्म टिकानिधि लोहनीले गरेका थिए । लोहनीको पालामा संस्था झन झन खराब अवस्थामा पुगेको थियो । संस्था बनाउने भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रीत हुने लोहनीको बानीका कारण संस्थाले सही दिशा समेट्न सकेन ।

संस्था कमजोर बनेपछि मर्जरको बाटो रोजेको छ । साविक पोखरा फाइनान्सकै टिमले व्यवस्थापनको नेतृत्व गर्नेछन् । मर्जर पछि भने संस्था बलियो हुने संस्थाका लगानीकर्ताहरुको विश्वास छ ।