सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार २६ शुक्रवार १०:५४
715
shares
shares

काठमाडौं, २६ असार । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार ७ सयले बढेको छ।
महासंघका अनुसार विहिवार प्रतितोला २ लाख ८४ हजार ७ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ८७ हजार ४ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य १ सय ७० रुपैयाँले बढेको छ । विहिवार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ४ हजार ५ सय १० रुपैयाँमा कायम भएको हो ।



















