Dhulikhel Eco Banner new

४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

2.29K
shares

काठमाडौं, २८ असार। नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले स्थापना भएको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष उत्सव मनाइरहेको छ। सन् १९८४ मा स्थापना भएको बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ भन्ने मूल दर्शनलाई आत्मसात गर्दै चार दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पनाअनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको नबिल बैंक आज देशकै सबैभन्दा विश्वासिलो र अग्रणी वित्तीय संस्थामध्ये एकका रूपमा स्थापित भएको छ।

आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्म बैंकले ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन, ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह तथा ७१८ अर्ब ४३ करोड रुपैयाँ कुल सम्पत्ति कायम गर्दै उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ।

बैंकले उत्पादनमुखी क्षेत्रमा लगानीलाई प्राथमिकता दिँदै कृषिमा ५३।३१ अर्ब, ऊर्जामा ५१।०६ अर्ब, साना तथा मझौला उद्योगमा ४५।९२ अर्ब र पर्यटन क्षेत्रमा ११।१० अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ। यसले बैंकको लगानी नीति केवल नाफामुखी नभई मुलुकको दिगो आर्थिक विकासतर्फ केन्द्रित रहेको देखाउँछ।

सेवा विस्तारका हिसाबले पनि बैंकको पहुँच देशभर फैलिएको छ। हाल २६४ शाखा, ३१५ एटीएम र १८ एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकमा २ हजार ४६४ कर्मचारी कार्यरत छन्। स्थापना हुँदा बैंकमा केवल २ शाखा र १४४ कर्मचारी मात्र थिए।

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत पूर्ण डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। घरमै बसेर खाता खोल्नेदेखि अन्तर्राष्ट्रिय भुक्तानीसम्मका सुविधा समेटिएको यस एपलाई नेपालकै अग्रणी फाइनान्सियल सुपर एप बनाउने लक्ष्य बैंकले लिएको छ।

संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिकतामा समेत नबिल बैंकले नयाँ मापदण्ड स्थापित गरेको दाबी गरेको छ। बैंकले हालसम्म ८ पटक ‘सर्वाधिक करदाता’ तथा १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गरिसकेको छ।

४२ वर्षको अनुभव, सुदृढ पुँजीगत आधार र अत्याधुनिक प्रविधिको बलमा आगामी दिनमा दिगो विकास, हरित वित्त र उत्कृष्ट ग्राहक सेवामार्फत दीर्घकालीन मूल्य सिर्जना गर्दै नेपालको आर्थिक समृद्धिमा अझ प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता बैंकले जनाएको छ।