Dhulikhel Eco Banner new

अप्पर लोहोरे खोला हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

1.47K
shares

काठमाडौं, २८ असार। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन आगामी मंसिर १३ गतेपछि सकिने भएको छ ।

कम्पनीको संस्थापकतर्फको २६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको २ लाख ६ हजार ७६० कित्ता र कर्मचारीतर्फको ३९ लाख ७६५ कित्ता शेयरको लकइन आगामी मंसिर १३ गतेपछि सकिने भएको हो । यी शेयर सर्वसाधारण शेयरधनीहरूमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइनमा राखिएको थियो । लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरूले यो शेयर कारोबार गर्न सक्नेछन् ।

सञ्चालक तथा कर्मचारीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने शेयर रोक्का नै रहने जानकारी कम्पनीले दिएको छ । दोस्रो बजारमा कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर सूचीकृत रहेकोमा उल्लेखित कित्ता बाहेक बाँकी शेयर भने कारोबार भैरहेका छन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३८४ रुपैयाँ ५० पैसा छ ।