Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

728
shares

काठमाडौं, २९ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०।६० अंकले घटेर २५७०।१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४६ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.२८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले गुमाएका छन् भने दिव्येश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.५१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले ६.४२ प्रतिशतका दरले गुमाएका छन् भने टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले गुमाएका छन् ।