दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार २९ सोमवार १५:१२
shares

काठमाडौं, २९ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०।६० अंकले घटेर २५७०.१८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४६ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६का लगानीकर्ताले ५.३१ प्रतिशतका दरले कमाएका छन् भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७का लगानीकर्ताले ४.५९ प्रतिशतका दरले कमाएका छन् भने ७ प्रतिशत नबिल डिबेन्चर २०८९का लगानीकर्ताले ४.५६ प्रतिशतका दरले कमाएका छन् ।

















