Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

793
shares

काठमाडौं, २९ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ४६ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.२८ प्रतिशतका दरले गुमाएका छन् ।