Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

819
shares

काठमाडौं, ३२ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर ७.५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १४.६७ प्रतिशतका दरले कमाएका छन् भने चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.३४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले १३ं९७ प्रतिशतका दरले कमाएका छन् भने माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १२.५२ प्रतिशतका दरले कमाएका छन् ।