सामान्य अंकले बढ्योे शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ असार ३२ बिहीवार १५:०५
shares

काठमाडौं, ३२ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर ७.५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका छन् ।


















