सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार ३२ बिहीवार १५:१९
shares

काठमाडौं, ३२ असार । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर ७.५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ४.५३ प्रतिशतका दरले गुमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सानिमा डिबेन्चर २०८७का लगानीकर्ताले ४.३३ प्रतिशतका दरले गुमाएका छन् भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले ४.१९ प्रतिशतका दरले गुमाएका छन् ।


















