Dhulikhel Eco Banner new

नेपाल लाइफको नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो

403
shares

काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्षको गौरवमय यात्राका क्रममा प्रथम बीमा शुल्क ९एफपीआई० आर्जन रु। १३ अर्ब नाघ्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष उक्त उपलब्धिलाई उछिन्दै १३ अर्बभन्दा बढी पुर्‍याएको जनाएको छ।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीप्रति विश्वास गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई निरन्तरता दिँदै आएको कम्पनीले यो उपलब्धिलाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी र शेयरधनीको साझा सफलताका रूपमा लिँदै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेको छ।