Dhulikhel Eco Banner new

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

754
shares

काठमाडौं, ३ साउन । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले आईब्रोक्स ईन्टरनेशनल प्रा.लिको नाममा रहेको १ हजार ८६५ कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। कम्पनीले सो शेयर यसअधि कम्पनीको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएकोमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन्।