शेयर बजारमा ५ अर्ब ५१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन ४ सोमवार १५:३१
2.11K
shares
shares

काठमाडौं, ४ साउन। शेयर बजारमा ५ अर्ब ५१ करोड कारोबार हुँदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २९ करोड १५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको २४ करोड ४६ लाख रुपैयाँ कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको २० करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १९ करोड ८ लाख रुपैयाँको कारोबार हुदा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १५ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ ।



















