Dhulikhel Eco Banner new

ट्राफिक प्रहरीद्वारा एक सातामा ७३ लाख ६० हजार जरिवाना सङ्कलन

676
shares

काठमाडौं, ४ साउन। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले असार २९ गतेदेखि २०८३ साउन ०३ गतेसम्ममा गरी एक सातामै ४ हजार २६६ जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, राइड सेयरिङमा, रातोबत्तीमा, तीव्र गतिमा, लेनक्रसमा, सडक फुटपाथमा, हर्न निषेधमा र एकतर्फीमा सावरी चलाउनेलाई प्रहरीले कारबाही गरेको हो।

उक्त अवधिको कारबाहीबाट ७३ लाख ६० हजार जरिवाना रकम सङ्कलन गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।