Dhulikhel Eco Banner new

सक्कली बिल लिने उपभोक्तालाई दैनिक १ लाख, मासिक १० लाखसम्म पुरस्कार

728
shares

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएका व्यवसायीबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिन उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ।

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियानअन्तर्गत प्रत्येक दिन एक जना उपभोक्तालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, प्रत्येक महिनामा दुई जना विजेताले जनही १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

एक सय रुपैयाँभन्दा बढीको खरिद वा सेवा उपभोग गर्दा प्राप्त हुने सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिने सरकारले जनाएको छ। यो व्यवस्था नगद तथा विद्युतीय दुवै माध्यमबाट गरिएको भुक्तानीमा लागू हुनेछ।

सरकारले हालका लागि प्रत्येक महिनाको १६ गते र मसान्तमा पुरस्कार घोषणा गर्ने तयारी गरेको छ। कार्यक्रम सञ्चालन, विजेता छनोट तथा अन्य व्यवस्थापनका लागि आवश्यक कार्यविधि पनि तयार गरिएको जनाएको छ।