Dhulikhel Eco Banner new

विश्वकप लिग–२ मा नेपालको आज नामिबियासँग प्रतिस्पर्धा

767
shares

काठमाडौं, साउन ५ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले मंगलबार नामिबियासँग प्रतिस्पर्धा गर्दै अभियान सुरु गर्दैछ। नेदरल्यान्ड्सको उट्रेख्तमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपालले यस शृङ्खलामा आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई गरी चार खेल खेल्ने तालिका छ। पहिलो खेलपछि नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

लिग–२ को शीर्ष चारभित्र रहने सम्भावना कायम राख्न नेपालका लागि यो शृङ्खला निर्णायक मानिएको छ। हाल २८ खेलबाट २४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौं स्थानमा छ भने नामिबिया २२ अंकसहित सातौं स्थानमा रहेको छ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले शृङ्खलाअघि बेलायतमा अभ्यास गरेको थियो। अभ्यासका दुवै खेलमा जित निकालेपछि नेपाल उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।