Dhulikhel Eco Banner new

दिल्लीमा संसद् मार्चका क्रममा झडप, ५० भन्दा बढी प्रहरी घाइते

663
shares

भारतको राजधानी नयाँ दिल्लीमा संसद् मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। राष्ट्रिय योग्यता परीक्षा (नीट) प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीका अनुसार झडपपछि राजधानीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनामा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ भने घाइते सुरक्षाकर्मीको उपचार भइरहेको छ।

प्रदर्शनका क्रममा केही सहभागीले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

यसबीच, दिल्ली उच्च अदालतले आन्दोलनका एक अगुवा सोनम वाङचुकको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन माग गरेको छ। अस्पतालबाट जारी सन्देशमार्फत वाङचुकले आफ्ना माग सम्बोधन नभएसम्म आमरण अनशन जारी राख्ने बताएका छन्।

प्रहरीले संसद् मार्चका लागि अनुमति नदिएपछि विभिन्न स्थानबाट प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। घटनापछि राजधानीका केही मेट्रो स्टेशनको सेवा प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।