Dhulikhel Eco Banner new

सीएफमोटो र जिहोको ‘नाइमा विशेष अफर’ सार्वजनिक, २० हजारको हस्तान्तरणयोग्य नगद छुट

637
shares

काठमाडौं, २८ साउन । नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिषी ट्रेड सेन्टर प्रालिले ग्राहक लक्षित ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले उक्त कुपन आफैं प्रयोग गर्न सक्नेछन् भने परिवारका सदस्य, साथीभाइ वा आफूले चाहेको अन्य व्यक्तिलाई समेत हस्तान्तरण गर्न सक्नेछन्।

कम्पनीका अनुसार कुपनको हस्तान्तरणयोग्य सुविधा यस वर्षको अफरको मुख्य आकर्षण हो। ग्राहकले आफूले प्रयोग नगरेको अवस्थामा कुपन अर्को व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछन् र सो व्यक्तिले सीएफमोटो वा जिहो खरिद गर्दा छुटको लाभ लिन सक्नेछ।

सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकका लागि थप आकर्षक एसेसरीज प्याकेज उपलब्ध गराइएको छ। साथै, उक्त मोडलमा पाँच वर्ष वा ६० हजार किलोमिटर, जुन पहिले आउँछ, सम्मको इन्जिन वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। २५० डुअल ईएफआईमा दिइने एसेसरीज प्याकेज तथा लामो अवधिको इन्जिन वारेन्टी पनि अफरका थप मुख्य आकर्षण का रूपमा रहेका छन्।

‘नाइमा विशेष अफर’ अन्तर्गत ग्राहकलाई चार वटा अतिरिक्त सर्भिस कुपनसमेत प्रदान गरिनेछ। नियमित सर्भिसिङमा ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कुपन उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। चार वटा अतिरिक्त सर्भिस कुपनले ग्राहकको दीर्घकालीन स्वामित्व लागतमा राहत पुग्ने कम्पनीको विश्वास छ।

त्यस्तै, सुरक्षित र जिम्मेवार राइडिङलाई प्राथमिकता दिँदै सीएफमोटो तथा जिहोका हरेक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट उपलब्ध गराइनेछ। हरेक मोडलमा हेल्मेट उपलब्ध गराइनु पनि अफरको महत्त्वपूर्ण आकर्षण रहेको कम्पनीले जनाएको छ।

ग्राहकको खरिद प्रक्रिया सहज बनाउन कम्पनीले ईएमआई सुविधा पनि उपलब्ध गराउने जनाएको छ। पुरानो मोटरसाइकल अपग्रेड गर्न चाहने ग्राहकका लागि साटफेर सुविधा समेत उपलब्ध हुनेछ। सहज ईएमआई तथा पुरानो मोटरसाइकल साटफेरको सुविधाले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

रिषी ट्रेड सेन्टरका अनुसार यस वर्षको ‘नाइमा विशेष अफर’ नगद छुटमा मात्र सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटेर तयार गरिएको ग्राहक लाभ योजना हो।

कम्पनीका प्रतिनिधिले अफरको उद्देश्य ग्राहकलाई बढी मूल्य र विकल्प उपलब्ध गराउनु रहेको बताएका छन्। उनका अनुसार २० हजार रुपैयाँको हस्तान्तरणयोग्य कुपनले ग्राहकलाई आफूले प्रयोग गर्ने वा आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने सुविधा दिएको छ।

चार वटा अतिरिक्त सर्भिस कुपन, २५० डुअल ईएफआईमा एसेसरीज प्याकेज, पाँच वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टी तथा हरेक मोडलमा निःशुल्क फुल–फेस हेल्मेटले ग्राहकको समग्र खरिद तथा स्वामित्व अनुभवलाई थप मूल्यवान बनाउने कम्पनीको भनाइ छ।

यसरी हेर्दा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट, २५० डुअल ईएफआईमा एसेसरीज प्याकेज, पाँच वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टी, चार वटा अतिरिक्त सर्भिस कुपन, हरेक मोडलमा निःशुल्क फुल–फेस हेल्मेट, ईएमआई तथा साटफेर सुविधा ‘नाइमा विशेष अफर’ का मुख्य आकर्षणका रूपमा रहेका छन्।

ग्राहकले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सीएफमोटो तथा जिहोको स्टलमा पुगेर विभिन्न मोडल अवलोकन गर्नुका साथै ‘नाइमा विशेष अफर’ सम्बन्धी थप जानकारी लिन सक्नेछन्।कम्पनीका अनुसार अफर नेपालभर रहेका सीएफमोटो तथा जिहोका आधिकारिक शोरुम तथा बिक्री केन्द्रहरूमा समेत उपलब्ध हुनेछ।