Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ७२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

585
shares

काठमाडौं, २८ साउन । शेयर बजारमा ३ अर्ब ७२ करोडको कारोबार हुँदा घलेम्दी हाइड्रो लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २९ करोड ९८ लाखको कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ६९ लाखको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ७० लाखको कारोबार भएको छ ।

त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १२ करोड २२ लाखको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ११ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ ।