गण्डकी–नारायणीका अभिकर्ता सम्मानित
वि.सं.२०८३ साउन २९ शुक्रवार ११:४७
shares

काठमाडौं, २९ साउन ।सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख श्री ईश्वर विकल सापकोटाले अभिकर्ता तथा एडीएमको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले अभिकर्ताहरू कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार भएको उल्लेख गर्दै अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंले अभिकर्ता तथा एडीएमले प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, एडीएमको भूमिका तथा सेवा–सुविधा र बिक्री नीति २०८३/८४ का प्रमुख विषयवस्तुबारे जानकारी गराउनुभयो। उहाँले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्ताहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा, उत्साह तथा आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले देशभरका करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा सम्मानलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।
















