Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

494
shares

काठमाडौं, २९ साउन । शुक्रवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०१ कम्पनीको शेयर मूल्य बढेको छ । १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २७ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सुपर खुदी जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.८३ प्रतिशतका दरले गुमाएका छन् ।