सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन २९ शुक्रवार १५:१५
shares

काठमाडौं, २९ साउन । शुक्रवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०१ कम्पनीको शेयर मूल्य बढेको छ । १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २७ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि विकास जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड-२का लगानीकर्ताले ५.६७ प्रतिशतका दरले कमाएका छन् ।














