Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

728
shares

काठमाडौं, २९ साउन । शुक्रवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०१ कम्पनीको शेयर मूल्य बढेको छ । १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २७ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सुपर खुदी जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिटिजन्स सन्तुलित योजनाका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.३६ प्रतिशतका दरले गुमाएका छन् भने १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३का लगानीकर्ताले ३.०६ प्रतिशतका दरले गुमाएका छन् ।