Dhulikhel Eco Banner new

गुडवीभ अध्यक्षमा किरण थापा निर्वाचित

481
shares

काठमाडौँ, ५ भदौ । गलैंचा कारखाना बाट बालश्रम उन्मुलनको क्षेत्रमा क्रियाशिल नेपाल गुडवीभ फाउण्डेशनको ३१औँ वार्षिक साधारण सभाले किरण थापाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। यसैगरी उपाध्यक्षमा डा.रूपा मुनाकर्मी र महासचिवमा सन्तोष महर्जन निर्वाचित हुँदा रिक्त रहेको कार्यसमिति सदस्यमा स्वस्तिका सुवेदी र आशुतोष कार्की चयन भएका छन ।

साधारण सभाको उद्घाटन समारोहमा समाज कल्याण परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले राष्ट्रिय विकास र समृद्धिमा योगदान पुर्‍याउने गरी सबै सामाजिक संघसंस्थाले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए । बुढाले सामाजिक क्षेत्रमा सक्रिय संस्थालाई प्रोत्साहन र निष्क्रिय संस्थालाई नियमनमार्फत बन्द गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिवसमेत रहेका बुढाले सामाजिक संघसंस्थाले आफ्नो उद्देश्यअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । राज्य र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय भएमा विकासका गतिविधिलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बालश्रम उन्मूलनका क्षेत्रमा नेपाल गुडवीभ फाउन्डेसनले गर्दै आएको कामको प्रशंसा गरे।