सन नेपाल लाइफको ५२ हजार संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ असोज २२ बिहीवार ०८:३७
shares

काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार ८ सय २७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। नेपाल बीमा प्राधिकरणको नियमलाई टेकेर अघि बढाइएको यस बिक्री प्रक्रियामा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले नै खरिदको पहिलो प्राथमिकता पाउनेछन्।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूलाई ३५ दिनभित्र पुतलीसडकस्थित कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिन आह्वान गरिएको छ। आवेदकले आफूले खरिद गर्न चाहेको शेयरको यकिन संख्या खुलाएर दरखास्त बुझाउनुपर्नेछ। शेयरको मूल्य बिक्रेता आफैंले तोक्ने भए पनि त्यो प्रचलित बजार मूल्यभन्दा कम भने हुने छैन।
मूल्यसम्बन्धी थप जानकारीका लागि कम्पनीको कानुन विभागमा सम्पर्क गर्न सकिनेछ। यदि तोकिएको ३५ दिनको अवधिमा संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नआएको खण्डमा भने, कानुनबमोजिम सर्वसाधारण तथा अन्य कुनै पनि संस्थालाई उक्त शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।


















