सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाकाे २ लाख ८१ हजार ५०० रुपैयाँ
वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०४
962
shares
shares

काठमाडौं, ०९ कार्तिक। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।




















