Dhulikhel Eco Banner new

फेवातालदेखि रुपातालसम्म साइकल मार्ग, पोखरालाई दिगो पर्यटनको गन्तव्य बनाउने लक्ष्य

429
shares

काठमाडौं, १५ कार्तिक। पोखरा महानगरपालिकाले सहरका नौवटा ताललाई समेटेर साइकल मार्ग निर्माण गर्ने भएको छ । दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महानगरले १ अर्ब ५२ करोड रुपैयाँ लागतको परियोजना अघि सारेको हो ।

परियोजनाअन्तर्गत फेवाताल, बेगनास ताल र रुपातालसहित पोखराका नौवटा ताललाई समर्पित साइकल मार्गमार्फत जोडिनेछ । यसबाट पर्यटकलाई ताल क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै साइकल यात्राको अनुभव लिन सहज हुने अपेक्षा गरिएको छ ।

महानगरले यसका अतिरिक्त ३३ अर्ब रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनासमेत अघि बढाइरहेको जनाएको छ । पोखराको पर्यटन पूर्वाधार विस्तार तथा आर्थिक गतिविधि बढाउने लक्ष्यसहित विभिन्न योजना कार्यान्वयनको तयारी भइरहेको छ ।

यसैगरी, बेगनास तालमा जलक्रीडासम्बन्धी परियोजना सञ्चालन गर्ने तयारी पनि गरिएको छ । करिब १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामार्फत बेगनासलाई जलक्रीडा तथा साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

पोखराले सन् २०२७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय चरा महोत्सव तथा सम्मेलन आयोजना गर्ने तयारीसमेत गरेको छ । चरा अनुसन्धान, संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमले पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चरा अवलोकन तथा पर्यावरणीय पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नौ ताल जोड्ने साइकल मार्ग, बेगनासको जलक्रीडा परियोजना तथा अन्तर्राष्ट्रिय चरा महोत्सवजस्ता कार्यक्रममार्फत पोखराले आफ्नो पर्यटन पहिचानलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ