Dhulikhel Eco Banner new

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

572
shares

काठमाडौं, १५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि कारबाही गरिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८४ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, सीसीटीभीबाट ५, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ र सवारीसाधनको अवस्था ठीक नभएका २ जनामाथि कारबाही गरिएको छ।

अन्य ट्राफिक नियम उल्लङ्घनमा ५६ सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।