Dhulikhel Eco Banner new

डोल्पा कारागारबाट भागेका कैदीबारे सूचना दिन आग्रह, यी नम्बरमा गर्न सकिन्छ सम्पर्क

442
shares

काठमाडौं, १५ कार्तिक।डोल्पा कारागारबाट फरार भएका कैदीबन्दीबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न कारागार कार्यालय डोल्पाले सर्वसाधारणसँग आग्रह गरेको छ ।

गत अक्टोबर ३१ (कात्तिक १४) गते कारागारबाट फरार भएका कैदीबन्दीलाई देखेमा वा उनीहरू रहेको स्थानबारे कुनै सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई जानकारी गराउन कार्यालयले अनुरोध गरेको हो ।

कारागार कार्यालयले सूचना दिनका लागि प्रहरीको आपत्कालीन नम्बर १०० सहित विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

फरार कैदीबन्दीबारे जानकारी भए प्रहरीको १०० नम्बर, ०८७–५५००५६, ९८५८३९०५८६ वा ९८५८३०५५५५ मा सम्पर्क गर्न सकिनेछ ।

कारागारबाट फरार भएका कैदीबन्दीबारे सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।