Dhulikhel Eco Banner new

मुस्ताङ भन्सारले साढे तीन महिनामै उठायो ११ अर्ब ४५ करोड राजस्व, वार्षिक लक्ष्यभन्दा २ अर्ब ४५ करोड बढी

546
shares

काठमाडौं, १५ कार्तिक। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै ११ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँलाई उछिन्दै लक्ष्यभन्दा २ अर्ब ४५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो।

नेपाल–चीनको कोरला नाकामा भएको व्यापारिक गतिविधिका कारण भन्सार कार्यालयको राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा चीनबाट आयात गरिएका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) भन्सार जाँचपास भएका छन्।

उक्त अवधिमा चीनबाट कुल २६ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २८ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्यभन्दा बढी संकलन हुनुले कोरला नाकाबाट हुने व्यापारिक गतिविधि र विद्युतीय सवारीसाधन आयातको प्रभावलाई देखाएको छ।