Dhulikhel Eco Banner new

चलचित्र निर्माणका लागि ९५ लाख रुपैयाँसम्म अनुदान दिने आवेदन प्रक्रिया स्थगित

325
shares

काठमाडौं, १५ कार्तिक। सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि ९५ लाख रुपैयाँसम्म अनुदान दिने सरकारको प्रस्तावित कार्यक्रम रद्द भएको छ। सूचना सार्वजनिक गरेको तीन दिनपछि नै सरकारले अनुदान आवेदन प्रक्रिया स्थगित गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत कात्तिक १० गते अनुदानसम्बन्धी सूचना प्रकाशित गरेको थियो। तर, मन्त्रालयले कात्तिक १३ गते अर्को सूचना जारी गर्दै उक्त प्रक्रिया रद्द गरेको जनाएको छ।

प्रस्तावित कार्यक्रमअन्तर्गत चलचित्र निर्माताले पटकथा लेखनका लागि ५ लाख रुपैयाँसम्म, चलचित्र निर्माणका लागि ७० लाख रुपैयाँसम्म र पोस्ट प्रोडक्सनका लागि २० लाख रुपैयाँसम्म अनुदान पाउने व्यवस्था गरिएको थियो।

तर, मन्त्रालयले अनुदान कार्यक्रम रद्द गर्नुको स्पष्ट कारण खुलाएको छैन। यससँगै प्रस्तावित अनुदान कार्यक्रमको भविष्य अन्योलमा परेको छ।