पेट्रोल र डिजेल बिक्रीमा निगमलाई दैनिक २५ करोड घाटा
वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:३०
shares

काठमाडौं, १५ कार्तिक। नेपाल आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्दा दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेको अवस्थामा पनि उपभोक्तालाई सस्तो मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका हुन्।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि उपभोक्तालाई राहत दिन निगमले इन्धनको मूल्यलाई किफायती स्तरमा राख्दै आएको छ।
यसैबीच, निगमले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सर्लाहीमा ग्यास भण्डारण तथा पाइपलाइन पूर्वाधार विस्तार गर्ने योजना अघि सारेको छ।
ग्यासको भण्डारण क्षमता र पाइपलाइन सुविधा विस्तार भएपछि एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउने निगमको योजना रहेको कार्यकारी निर्देशक साहले बताएका छन्।



















