Dhulikhel Eco Banner new

धादिङको मझिमटारमा सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने

585
shares

काठमाडौं, १५ कार्तिक। धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो।

कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।