Dhulikhel Eco Banner new

HONOR को ‘चाडपर्वको बहार’ अफर : स्मार्टफोनसँगै स्मार्टवाच र इयरबड्स उपहारमा

442
shares

काठमाडौं, १५ कार्तिक। चाडपर्वको उत्साहलाई थप विशेष बनाउने उद्देश्यसहित HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिद गर्ने ग्राहकले स्मार्टवाच तथा इयरबड्स आकर्षक सहुलियत मूल्यमा प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e र HONOR X6e खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro मात्र रु. ४ हजार ९९९ मा खरिद गर्न सक्नेछन्। उक्त स्मार्टवाचको नियमित मूल्य रु. १२ हजार ४९९ रहेको छ।

त्यसैगरी, HONOR X5d सिरिजका स्मार्टफोन खरिद गर्ने ग्राहकले HONOR Earbuds X7e Active मात्र रु. ४९९ मा प्राप्त गर्न सक्नेछन्। उक्त इयरबड्सको नियमित मूल्य रु. ३ हजार ९९९ रहेको छ।

एक महिनासम्म सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ स्मार्टफोन खरिदसँगै दैनिक जीवनलाई थप स्मार्ट र सुविधाजनक बनाउन सहयोग गर्ने AIoT उत्पादनहरू पनि सहुलियत मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीको योजना रहेको छ।

‘HONOR Festival Delights’ मार्फत ग्राहकले चाडपर्वको अवसरमा स्मार्टफोनसँगै स्मार्टवाच र इयरबड्ससमेत आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्।