Dhulikhel Eco Banner new

ग्यास उद्योगहरूलाई मर्जरमा लैजाने निगमको तयारी, कार्ययोजना बनाउन उद्योगीहरूलाई पत्राचार

559
shares

काठमाडौं, १६ कात्तिक। नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ ।
निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् ।

यसै सन्दर्भमा निगमले १२ कात्तिकमा गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।
यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा निगमको छ ।