राष्ट्रिय बीमा कम्पनी २८ करोड नाफामा, अघिल्लो वर्ष १० करोड घाटा
वि.सं.२०८३ कात्तिक ३० सोमवार १०:२८
shares

काठमाडौं, ३० कात्तिक। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा उल्लेख्य रूपमा सुधार भएको हो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ९ करोड ९५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७२ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ७१ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ५१ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब १५ करोड ५७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको बीमा कोषको आकार १.२४ प्रतिशतले बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन १६.६० प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, खुद बीमाशुल्क आर्जन भने घटेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ३ करोड ८० लाख रुपैयाँ रहेको थियो। यसरी कम्पनीको खुद बीमाशुल्क आर्जन ९.७० प्रतिशतले घटेको देखिन्छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०६.१४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ईपीएस ३७.३२ रुपैयाँले ऋणात्मक रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ६४५ रुपैयाँ रहेको छ।
















