घाटा सहेरै इन्धनको मूल्य यथावत् राख्ने निगमको निर्णय
वि.सं.२०८३ मंसिर १ मंगलवार ०९:०२
shares

काठमाडौँ — चाडपर्वको मुखमा सर्वसाधारणलाई महँगीको मारबाट जोगाउन नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको पछिल्लो मूल्यसूचीअनुसार भाउ बढाउनुपर्ने अवस्था आए पनि निगम सञ्चालक समितिले पुरानै बिक्री दर कायम राख्ने निर्णय लिएको हो ।
स्वचालित मूल्य प्रणालीको सूत्रले इन्धनको मूल्य समायोजन गर्नुपर्ने संकेत गरे तापनि उपभोक्ताको हितलाई प्राथमिकता दिँदै मूल्य स्थिर राखिएको निगमले जनाएको छ । खरिद लागत बढेको अवस्थामा बिक्री मूल्य यथावत् राख्दा निगमले प्रत्येक १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको वित्तीय घाटा बेहोर्नुपर्ने देखिएको छ ।
निगमका देशभर स्थित डिपो तथा कार्यालयहरूको १५ किलोमिटर क्षेत्रभित्र विभिन्न वर्गका लागि तोकिएको साविककै खुद्रा बिक्री मूल्य यथावत् लागू हुने जनाइएको छ ।
















