Dhulikhel Eco Banner new

१० अर्बको १२ वर्षे विकास ऋणपत्र जारी गर्दै सरकार

728
shares
काठमाडौँ — आन्तरिक ऋण परिचालनका लागि सरकारले १० अर्ब रुपैयाँ बराबरको १२ वर्षे विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘१२ वर्षे विकास ऋणपत्र–२०९५’ बिक्रीका लागि बोलकबोल प्रक्रिया आह्वान गरेको हो ।
कार्यालयका अनुसार ‘एनपीडीबी १२००२०९५’ (NPDB12002095) संकेत नम्बर रहेको उक्त ऋणपत्रको बोलकबोल २०८३ मंसिर २ गते हुनेछ भने मंसिर ३ गते निष्कासन गरिनेछ । खरिद गर्न इच्छुक लगानीकर्ताले कार्यालयको अनलाइन ‘ऋणपत्र व्यवस्थापन प्रणाली’ (डिओएमएस) मार्फत बोलकबोल पेस गर्नुपर्नेछ ।
यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त व्यक्तिगत लगानीकर्ता, फर्म, कम्पनी तथा विभिन्न संघसंस्थाले समेत सहभागी हुन पाउनेछन् । ऋणपत्रका विशेषता र बोलकबोलसम्बन्धी विस्तृत विवरण कार्यालयको वेबसाइट (www.pdmo.gov.np) वा फोन नम्बर ०१–४५३८७५१ बाट लिन सकिने कार्यालयले जनाएको छ ।