Dhulikhel Eco Banner new

नेतृत्वविहीन बन्यो राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग

3.67K
shares

काठमाडौं, १ मंसिर । बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभाग नेतृत्व विहीन बनेको छ । यस अघि यस विभागको नेतृत्वमा कार्यकारी निर्देशक राजन बिक्रम थापा थिए ।

थापालाई अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा प्राधिकरणको अध्यक्षको नयिक्ति पत्र थमाएसँगै यो विभाग नेतृत्व विहीन बनेको हो । सरकारले थापालाई कात्तिक १८ गते बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । थापा नियुक्त भएपछि उनको ठाउँमा अर्को कार्यकारी निर्देशक तोकिएको छैन ।

नेपालमा ४ दर्जन हाराहारीमा रहेका लघुवित्त संस्थाहरुलाई केन्द्रीय बैंकले यही विभागमार्फत आवश्यक डण्डा चलाउने गरेको छ ।