Dhulikhel Eco Banner new

खल्तीका पूर्वसीईओ प्रविण रेग्मी बने नबिल बैंकको चिफ बिजनेस अफिसर

5.8K
shares

काठमाडौं, १ मंसिर । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्तीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मी नबिल बैंकमा आबद्ध भएका छन् ।

रेग्मीलाई नबिल बैंकले चिफ बिजनेस अफिसर ९सीबीओ० नियुक्त गरेको हो । उनले बैंकको ट्रान्जेक्सन बैंकिङ तथा डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ को नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।

नबिल बैंकको व्यवस्थापनसम्बन्धी सार्वजनिक विवरणअनुसार रेग्मीले आफ्नो नयाँ जिम्मेवारी सम्हालिसकेका छन् । उनको कार्यक्षेत्रमा ट्रान्जेक्सन बैंकिङ, एनबैंक तथा फिनटेक र अन्तरदेशीय साझेदारीसम्बन्धी कामसमेत रहनेछ ।

रेग्मी यसअघि आईएमई खल्ती लिमिटेडको सीईओका रूपमा कार्यरत थिए । सन् २०२५ नोभेम्बरमा उनी आईएमई खल्तीको सीईओ नियुक्त भएका थिए । त्यसअघि उनी आईएमई डिजिटल सोलुसन्स (आईएमई पे) को सीईओ थिए ।

बैंकिङ, फिनटेक तथा डिजिटल भुक्तानी क्षेत्रमा करिब १८ वर्षको अनुभव हासिल गरेका रेग्मीले यसअघि एनआईसी एसिया बैंक र एनएमबी बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वबैंकिङ अनुभव र डिजिटल भुक्तानी क्षेत्रको नेतृत्वदायी भूमिकाका कारण रेग्मीको नबिल बैंक प्रवेशलाई वित्तीय तथा फिनटेक क्षेत्रमा महत्वपूर्ण व्यावसायिक परिवर्तनका रूपमा हेरिएको छ ।