छिमेक लघुवित्त सबैभन्दा बढी आयकर दाखिला गर्ने लघुवित्त संस्था घोषित
वि.सं.२०८३ मंसिर १ मंगलवार १३:२७
2.67K
shares
shares

काठमाडौं, १ मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सरकारले छिमेक लघुवित्तलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।
लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेको आधारमा संस्थालाई सम्मान गरिएको जनाइएको छ।
















