अभियान लघुवित्तद्वारा वृद्धाश्रमलाई अन्नदान
वि.सं.२०८३ मंसिर १ मंगलवार १६:३३
shares

काठमाडौं, १ मंसिर । काभ्रेपलाञ्चोकको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
वित्तीय संस्थाले वार्षिकोत्सवका अवसरमा पनौती नगरपालिका–९, त्रिवेणीधामस्थित प्राणनाथ माइती वृद्धाश्रममा अन्नदान कार्यक्रम सम्पन्न गरेको हो ।
एक कार्यक्रमका बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने लगायत विभागीय प्रमुखहरूको उपस्थितिमा वृद्धाश्रमलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।
वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको भोजन व्यवस्थापनका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका खाद्य सामग्री सहयोग गरिएको वित्तीय संस्थाले जनाएको छ ।
वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै ज्येष्ठ नागरिकहरूको सेवाका लागि खाद्यान्न सहयोग गरेको हो ।
















