धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्दै
वि.सं.२०७९ साउन ८ आइतवार ०८:२१
shares

काठमाडौं, ८ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साउन २४ गते देखि बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले जारी पुँजीको १० करोड ३१ लाख रुपैयाँ पुर्याउने लक्ष्यका साथ आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ । लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।



















