मौद्रिक नीतिले आर्थिक वृद्धिलाई संकुचित गर्यो : उमेशलाल श्रेष्ठ
वि.सं.२०७९ साउन ८ आइतवार ०८:३४
shares

काठमाडौं, ७ साउन । उद्योगी उमेशलाल श्रेष्ठले मौद्रिक नीतिले आर्थिक वृद्धिदरलाई संकुचित गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित रसायन तथा मेडिकल आपूर्ती संघको १६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सरकारले लिएको ८ प्रतिशतको वृद्धिदरमा संकुचन ल्याएको उनको टिप्पणी थियो । उनले मौद्रिक नीति आयो र ? मलाई त जानकारी नै भएन भन्दै व्यङ्य समेत गरे । उनले मौद्रिक नीति र सरकारले लिएको नीति नै विरोधाभाषपूर्ण रहेको बताए ।
‘सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर भन्छ, अनि मुद्रा स्फिर्तिलाई ७ प्रतिशतमा कायम गर्ने भन्छ तर राष्ट्र बैंकको नीतिले आर्थिक विकासलाई संकुचित गर्न खोजेको छ, यो कसरी हुन्छ,’ उनले भने ।



















