Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकको नाफा ५५ प्रतिशतले बढ्यो

5.01K
shares

काठमाडौं, ८ साउन । लुम्बिनी विकास बैंकको नाफा ५५ प्रतिशलभन्दा बढीले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षकोभन्दा ५५.६९ प्रतिशले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ४३ करोड ३९ लाख रुपैयाँ रहेको थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिकम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको दुख ब्याज आम्दानी बढेको र निष्कृय कर्जा घटेकाले नाफा रकममा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १०.९८ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १६.९२ प्रतिशत र सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।