नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर सर्वसाधरणको लागि विक्रीमा
वि.सं.२०७९ साउन १६ सोमवार ०७:३०
10.91K
shares
shares

काठमाडौं, १६ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधरणको लागि विक्रीमा रहेको छ । संस्थाको लिलामी शेयर विक्रीमा रहेको जनाएको छ ।
संस्थाको ७९ हजार ८७३ कित्ता संस्थापक शेयर विक्रीमा रहेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । इच्छुकले साउन २२ गते भित्र एनआईबिएल एस क्यापिटल बोलपत्र हाल्नुपर्ने छ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



















