Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

5.06K
shares

 

काठमाडौं, १६ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १७ गते सम्म लगानी गर्न सक्ने छन ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।