आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ साउन १७ मंगलवार ०९:४९
4.68K
shares
shares

काठमाडौं, १७ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गर्ने भएको छ । । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन १७ गते) मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ ।
उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।
















