GBIME

आरएमडिसी लघुवित्तले कमायो ३५ करोड खुद नाफा

1.05K
shares

काठमाडौं, १७ साउन । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (आव) २०७८÷०७९ को चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ  ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९९ दशमलव ४८ प्रतिशतले बढेर ३५ करोड ४९ लाखमा पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा लघुवित्तले १७ करोड ७९ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४९ दशमलव ५९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ४२ दशमलव शून्य २ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चालन नाफा ८६ दशमलव शून्य १ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म खुद ब्याज आम्दानी ६० करोड ५३ लाख पुगेको छ भने संचालन नाफा ५१ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवमा लघुवित्तको संचालन नाफा २७ करोड ६४ लाख थियो ।

असार मसान्तसम्म लघुवित्तको चुक्तापुँजी २० प्रतिशतले बढेर १ अर्ब २४ करोड पुगेको छ भने जगेडा कोषमा २ अर्ब ८ करोड रहेको छ ।

त्यस्तै, सापटी रकम २९ दशमलव ६८ प्रतिशतले घटेर २५ करोढ १५ लाख र कर्जा शून्य दशमलव २६ प्रतिशतले बढेर ११ अर्ब ६८ करोड पुगेको छ ।

गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ६० र प्रतिशेयर नेटवर्थ २६८ दशमलव १८ रहेको छ ।